छहरेमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गयो
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै - काठमाण्डौ उपत्यकाका ढुङ्गेधारालाई मल्लकालीन सभ्यताको प्रतीक मानिन्छ । केही वर्षअघिसम्म यहाँका धेरै ढुङ्गेधारामा पानी बग्थ्यो । तर अहिले पानी बग्ने ढुङ्गेधारा औँलामा गन्न सकिने मात्रै छन् ।
पहिले ढुङ्गेधारा भएका कतिपय ठाउँमा अहिले गगनचुम्बी भवन बनिसकेका छन् त कतै फोहर फाल्ने ठाउँमा परिणत भएका छन् । काठमाण्डौ क्षेत्रका एक/दुई ठाउँबाहेक धेरै ढुङ्गेधारा हराइसकेका छन् ।
केही ठाउँमा ढुङ्गेधारा संरक्षणको काम पनि भइरहेको छ । भक्तपुरमा यस्तै प्रयास थालिएको छ । पाटनमा रहेका ढुङ्गेधारामध्ये केही संरक्षण भइरहेपनि धेरै ढुङ्गेधाराहरु संरक्षणको अभावमा फोहर फाल्ने अवस्थामा पुगेका छन् ।
ललितपुरको दक्षिण टीकाभैरवबाट ल्याइएको राजकुलो चक्रपथ निर्माणको क्रममा पाटनतर्फ जान बन्द भएपछि स्थानीय पोखरीहरु सुक्दै जाँदा यी ढुङ्गेधाराहरु सुक्न थालेका छन् । बढ्दो सहरीकरणका कारण घर लगायतका संरचनाहरु बन्दै जाँदा पानी बग्ने र जमिनमुनि जाने प्राकृतिक बाटो बन्द हुँदा ढुङ्गेधारा सुकेको स्थानीय बताउँछन् । वर्षायाममा मात्रै पानी झर्ने यी ढुङ्गेधाराहरु पानी बग्ने ठाउँ नपाउँदा पनि कुरुप बन्दै गएका छन् ।
तस्बिरहरु :
तस्बिर : न्यूज एजेन्सी नेपाल
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।