बिहानैदेखि देशका धेरै ठाउँमा चर्को घाम

 वैशाख ४, २०७९ आइतबार ७:२०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गर्मी बढ्दो छ । तत्काल पानी पार्ने प्रणाली नभएकाले गर्मी अझै बढ्ने मौसमविद्ले बताएका छन् । आज पनि बिहानैदेखि देशका धेरै ठाउँमा घाम चर्किएको छ ।

गएको २४ घन्टामा भैरहवाको अधिकतम तापक्रम ४१ दशमलव २ डिग्री सेल्सियस पुगेको छ । अन्य क्षेत्रमा पनि तापक्रम बढ्दो छ । नेपालगञ्ज, सिमरा, धनगढी, दिपायलको तापक्रम पनि ४० डिग्री सेल्सियसको हाराहारीमा पुग्न लागेकाे छ ।

काठमाण्डौको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस पुगेको छ । आज पनि बिहानैदेखि घाम चर्किएकाले अधिकतम तापक्रम बढ्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

आज पहाडी क्षेत्रका केही ठाउँमा भने बेलुकीपख मौसम आंशिकदेखि सामान्य बद्ली भइ हल्का पानी पर्ने सम्भावना छ । तर, अन्य क्षेत्रको मौसम भने सफा रहने मौसमविद्ले बताएका छन् । 
 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया