चितवनमा चुनावी गठबन्धनबाट राष्ट्रिय जनमोर्चा बाहिरियो

 बैशाख १२, २०७९ सोमबार १३:४२:४० | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवनमा चुनावी सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चा बाहिरिएको छ । वैशाख ३० गते हुन लागेको पालिका चुनावमा गठबन्धनको मर्म विपरीत उपेक्षा गरिएको भन्दै चुनावी गठबन्धनबाट बाहिरिएको जनाएको छ ।

राष्ट्रिय जनमोर्चाले चितवनका सबै पालिका तथा वडा तहमा आफ्ना उम्मेदवार उठाउने तयारी गरेको जिल्ला अध्यक्ष डम्बर पुरीले जानकारी दिनुभयो । गठबन्धनबीच मिलेर जाने भन्ने भए पनि गठबन्धनको मर्म विपरीत आफूहरुलाई उपेक्षा गरिएको पुरीले जानकारी दिनुभयो । 

राष्ट्रिय जनमोर्चाले ९८ वडामध्ये एक वडामा वडाध्यक्ष पाउनुपर्ने माग गरेको थियो । तर, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले मात्र वडा बाँडफाँट गरेका छन् । चितवनमा कांग्रेस ५८, माओवादी २६ र समाजवादीलाई १३ वडा राख्ने गरी भागबन्डा गरेका थिए । वडाध्यक्षमा राजमो र जसपालाई उनीहरुले समावेश गरेका छैनन् । 

सङ्घीयता विरुद्ध सशक्त आवाज उठाउँदै सबै पालिकामा एकल रुपमा उम्मेदवारी दिनेगरी अगाडि बढेकाे उहाँले बताउनुभयो ।  
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया