भरतपुरमा एमाले र राप्रपा मिले, राप्रपालाई उपमेयर

 बैशाख १२, २०७९ सोमबार १३:५४:५ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने सहमति भएको छ । दुई दलबीच आज साेमवार भएको छलफलपछि तालमेल गर्ने सहमति भएको हो । 

भरतपुरको मेयरमा एमाले उम्मेदवार विजय सुवेदीलाई राप्रपाले सहयोग गर्ने र उपमेयरमा राप्रपाका उम्मेदवारलाई एमालेले सहयोग गर्ने सहमति भएको एमाले चितवन जिल्ला प्रचार विभाग सचिव हरि पोखरेलले जानकारी दिनुभएको छ । 

सहमतिअनुसार राप्रपाले महानगरको वडा नम्बर १५ र २६ को वडाध्यक्ष पाउने छ । वडा नम्बर ४, ११, १६, १९ र २४ मा दुवै दलका वडाध्यक्ष उम्मेदवार रहनेछन् । यी वडामा मित्रवत् प्रतिस्पर्धा हुने एमालेले जनाएको छ । बाँकी केही वडामा एमालेका वडाध्यक्षसहितका सदस्य हुनेछन् भने केहीमा एमालेका वडाध्यक्ष र राप्रपाका दुई जना सदस्य वडामा उम्मेदवार रहनेछन् । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया