भरतपुरको मेयरमा एमालेका सुवेदीको मनाेनयन, मदन–आश्रित र वीपीको शालिकमा माल्यार्पण

 बैशाख १२, २०७९ सोमबार १५:५४:२५ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजय सुवेदीले मनाेनयन दर्ता गराउनुभएको छ । आज सोमवार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले मनाेनयन दर्ता गराउनुभएको हो । 

सुवेदीको प्रस्तावकमा देवी ज्ञवाली र समर्थकमा कृष्णभक्त पोखरेल रहनुभएको छ । एमाले र राप्रपाबीच चुनावी तालमेल भएअनुसार भरतपुर महानगरको उपमेयरमा राप्रपाका उम्मेदवारले मनोनयन गर्नेछन् । राप्रपाले उपमेयरको उम्मेदवार छान्न अन्तिम तयारीमा जुटेको छ ।

उम्मेदवारी दर्ताअघि सुवेदीले मदन–आश्रित र वीपी कोइरालाको शालिकमा माल्यार्पण पनि गर्नुभयो । उहाँले भरतपुर पार्टी कार्यालयमा रहेको मदन भण्डारी, जीवराज आश्रित र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेको वीपीको शालिकमा माल्यार्पण गर्नुभएको हो । कांग्रेसका संस्थापक नेता कोइरालाको शालिकमा माल्यार्पण गरेर सुवेदीले कांग्रेसका मतदाताको ध्यान तान्नु भएको छ । उहाँले भरतपुरमा कांग्रेसका मतदातालाई आकर्षित गर्न घरदैलो अभियानलाई पनि तीव्रता दिनुभएको छ । 

सुवेदीले पार्टी कार्यालयमै २०६२/०६३ को जनआन्दोलनमा चितवनमा शहीद हुनुभएकी तुलसी क्षेत्रीका छोरालाई सम्मान गर्दै आशीर्वाद पनि लनुभएको छ । भरतपुर महानगरको मेयरमा कांग्रेसले माओवादी उम्मेदवार रेनु दाहाललाई समर्थन गरेको छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया