भरतपुरकाे मेयरमा कांग्रेस नेता पाैडेलकाे स्वतन्त्र उम्मेदवारी

 बैशाख १२, २०७९ सोमबार १६:१२:२७ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवनको भरतपुरमा कांग्रेसका असन्तुष्ट पक्षका उम्मेदवार जगन्नाथ पौडेलले भरतपुर महानगरको मेयरमा स्वतन्त्र उमेदवारी दर्ता गराउनुभएको छ  । 

आज साेमवार कांग्रेसका कार्यकर्तासहित उहाँ मनोनयनस्थलमा पुगेर महानगरको मेयरमा उम्मेदवार दर्ता गराउनुभएको हो । कांग्रेसको झन्डासहित ठूलो सङ्ख्यामा सहभागी लिएर पौडेल उम्मेदवारी दर्ता गर्न पुग्नुभएको थियो । 

सत्ता गठबन्धनले भरतपुरमा माओवादी केन्द्रलाई मेयर पद दिने निर्णय गरेपछि असन्तुष्ट पौडेलले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । भरतपुर महानगरपालिका–७ कृष्णपुरका पौडेल नेपाली कांग्रेसका राष्ट्रिय सभाका पूर्वसांसद हुनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया