प्रचण्ड सुटुक्क चितवनमा !

 बैशाख १३, २०७९ मंगलबार १७:४७:३२ | राधेश्याम खतिवडा
unn.prixa.net

फाइल फाेटाे

चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड सुटुक्क चितवन आएर काठमाण्डौ फर्कनुभएको छ । अघिपछि प्रचण्ड चितवन आउँदा उहाँको सचिवालयले मात्र होइन जिल्ला तहका नेताले भरतपुर विमानस्थलमा फुलमालाले स्वागत गर्दथे । 

प्रचण्ड आज चितवन आएको कुरा न हल्ला गरियो न विमानस्थलमा स्वागत । भरतपुर महानगरको मेयरमा सत्ता गठबन्धनबाट छोरी रेनु दहालले उम्मेदवारी दर्ता गराएकै भोलिपल्ट आज बिहान प्रचण्ड चितवन आएर केही समय बसेर फर्कनुभएको थियो । 

प्रचण्ड भरतपुरको पछिल्लो अवस्थाका बारेमा चासो राख्दै असन्तुष्ट कांग्रेस नेता तथा कार्यकर्ता फकाउन चितवन आउनुभएकाे हुनसक्ने बताइएको छ । उहाँले नेता र कार्यकर्ता भेटेर फर्कनुभएको हाे । उहाँले भरतपुर महानगरपालिका १० मा रहेको रेनु दाहाल निवासमा कांग्रेस र माओवादी नेताहरूसँग छलफल गर्नुभयाे । 

चितवनमा असन्तुष्ट कांग्रेसका तर्फबाट पूर्वसांसद जगन्नाथ पौडेलले मेयरमा बागी उम्मेदवारी दिएपछि रेनुको भोट घट्ने आँकलन सत्ता गठबन्धनको छ । नेपाली कांग्रेसका तर्फबाट भरतपुर महानगरमा मेयरका बागी उम्मेदवार जगन्नाथ पौडेलले प्रचण्डसँग आज प्रत्यक्ष भेटघाट नभएको बताउनुभएको छ । सत्ता गठबन्धनका नेताहरूसँग कुराकानी भइरहेको तर आफूले उम्मेदवारी फिर्ता नलिने उहाँले बताउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया