पैसा राखेर खुट्टा ढोगेको फोटोको वास्तविकता यस्तो छ (भिडियोसहित)

 बैशाख १९, २०७९ सोमबार १७:१४:४९ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चाेक – मेलम्ची नगरपालिका १० मा नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार अमृत खनालले मतदाताको खुट्टामा हजार रुपैयाँको नोट राखेर ढोग्दै भोट मागेको भनेर सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक भयाे । चुनावी प्रचारका लागि घरदैलो गरिरहनुभएका खनालले हरेक घरमा यसैगरी भोट माग्दै हिँडेको भन्दै तस्बिर सामाजिक सञ्जालमा आइरहेको छ । खनालले कसैलाई एक हजार रुपैयाँ त कसैलाई त्योभन्दा बढी रकम खुट्टामा राखेर ढोग्दै भोट मागिरहेको भन्दै आराेप पनि लगाइएकाे छ । तर त्याे तस्बिरकाे वास्तविकता यस्ताे छ–

खनालले मेलम्ची १० मा रहनुभएकी फुपू दिदी चेतकुमारी कार्कीलाई ढोग गर्दा एक हजार रुपैयाँ राखेको स्वीकार्नुभएकाे छ । फुपाजु बितिसकेका हुनाले दिदीको दैनिकीमा सहजता होस् र दिदीप्रतिको सम्मान कायम रहोस् भनी खनालले हरेक पटक भेट्दा केही रुपैयाँ सम्मानस्वरूप उपलब्ध गराउँदैै आउनुभएको छ । 

कार्कीको घर वडा नम्बर १० मा भए पनि मतदाता नामावली भने वडा नम्बर ९ मा रहेको छ ।  आफूलाई मत नै दिन नपाउने फुपूकाे खुट्टामा पैसा राखेर ढोगेको विषयलाई विपक्षीले गलत प्रचार गरेको वडाध्यक्षका उम्मेदवार खनालले बताउनुभएको छ । सञ्चारमाध्यमहरूले पनि आफ्नाे कुरा नसुनी एकतर्फी समाचार सम्प्रेषण गरेकाे उहाँकाे गुनासाे छ ।

यसै विषयमा खनालकी फुपूलाई सोध्दा भाइले सानै उमेरमा वडाध्यक्षको उम्मेदवार बनेकोमा टीका लगाइ आर्शीवाद लिएको भए पनि गलत प्रचार भएकाे बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Sagar

    May 2, 2022, 6:44 p.m.

    नेता जी दिदि भन्ने दिदि ले भदा भन्ने बुझ्न गार्हो छ

  •  0 Reply

तपाईको प्रतिक्रिया