भरतपुर महानगरको मतदानमा ‘चिट आतङ्क’ !

 बैशाख ३०, २०७९ शुक्रबार १५:१८:१ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवनको भरतपुर महानगरपालिकामा भइरहेको मतदानमा चिट वितरणले समस्या देखिएको छ । मतदानको क्रममा मतदातालाई गठबन्धन समूहले चिट वितरण गरेर पठाउन थालेपछि समस्या देखिएको हो ।

भरतपुर महानगरपालिकाका सबै मतदान केन्द्रमा चिट चोरेर मतदान गरिएको छ । भरतपुरका विभिन्न मतदान केन्द्रमा गठबन्धन दलले बनाएको चिट चोरेर असम्बन्धित व्यक्तिले समेत मतदान गरेका पाइएकाे छ । 

मतदान केन्द्रबाहिर बसेका गठबन्धनका नेता कार्यकर्ताले मतदातालाई जबरजस्ती चिट भिराउने काम गरेका छन् । त्याे चिटमा गठबन्धनका उम्मेदवारकाे चिह्नमा छाप लगाइएको छ । मतदातालाई चिट वितरणको सवालमा नेकपा माओवादी केन्द्र क्रियाशील, नेपाली कांग्रेस मौन देखिन्छ भने नेकपा एमालेले आपत्ति जनाएको छ ।

महानगरमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले मतदातालाई चिट वितरण गरेको विषयमा गम्भीर आपत्ति जनाउँदै निर्वाचन आयोगको ध्यानाकर्षणसमेत गराउनुभएकाे छ । पौडेलले मतदान केन्द्रमै नमुना मतपत्र वितरण गरेर गठबन्धनले आचारसंहिताको उल्लङ्घन गरेको बताउनुभयो ।

मतदाता प्रभावित गर्न चिट बाँड्दा पनि प्रहरी प्रशासन मूकदर्शक बनेको छ । कतिपय मतदान केन्द्रमा मतदाताले प्रतिवाद गरेका छन् भने कतिपय मतदान केन्द्रमा होहल्ला समेत भएको छ ।

आफैँ हिँड्न सक्ने र देख्न सक्ने हुँदा पनि सहयोगी राखेर मतदान गर्ने क्रम पनि बढेको छ । गठबन्धनले चिट चोर्न सजिलो हुने गरी आफ्नो दलको चुनाव चिह्न मात्रै राखेर सानो नमुना मतपत्र बनाएको थियो । केही मतदाताको गोजीमा नमुना मतपत्रको चिट फेला परेपछि सुरक्षाकर्मीले गेटमै च्यातेर फालेका थिए । केहीले भने लुकाएर लगेर चिट चोरेर मतदान गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

1 Comments

  • Aakash Nirdosh

    May 13, 2022, 3:39 p.m.

    यसरी चिट चोरोको प्रमाण हुदा पनि चुनाव निष्पक्ष भयो भनेर कसरी बिश्वास गर्न

  •  0 Reply

तपाईको प्रतिक्रिया