गुल्मीको मदानेमा एमालेलाई १० मतले हराउँदै कांग्रेसका महेन्द्र कुँवर विजयी

 जेठ २, २०७९ सोमबार १५:०:२१ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – नेकपा एमालेको गढ मानिएको गुल्मीको मदाने गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्रबहादुर कुँवर विजयी हुनुभएको छ । 

गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका कांग्रेसका कुँवरले ४ हजार ७ सय ७ मत ल्याउनुभयो । उहाँका प्रतिस्पर्धी एमालेका प्रेमबहादुर केसीले ४ हजार ६ सय ९७ मत ल्याउनुभयो । 

उपाध्यक्षमा भने एमालेकी सरिता खड्का ४ हजार ५ सय ६७ मत ल्याएर विजयी हुनुभयो । माओवादी केन्द्रका बेगम चन्द बोहरा ४ हजार २ सय ११ मत ल्याएर पराजित हुनुभयो ।

मदाने गाउँपालिका नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीको पालिका पनि हो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया