गुल्मीको इस्मा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी

 जेठ २, २०७९ सोमबार १६:५९:४७ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीकाे इस्मा गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस विजयी भएकाे छ । अध्यक्षमा भगतसिंह खड्का र उपाध्यक्षमा पार्वती कुँवर विजयी हुनु भएकाे हाे । 

अध्यक्षमा खड्काले ५ हजार ५ सय ८९ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नेकपा एमालेका हिराबहादुर अर्यालले ५ हजार ४ सय ६४ मत प्राप्त गरेकोे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

उपाध्यक्षमा कुँवरले ५ हजार ९ सय ९ मत प्राप्त गर्नुभयाे । उहाँका प्रतिस्पर्धी एमालेकी विमला खत्रीले ५ हजार १ सय २१ मत प्राप्त गर्नुभयाे । 

गुल्मीका १२ पालिकामध्ये अहिलेसम्मको सात वटा पालिकाकाे मतगणना सकिएको छ । कांग्रेसले रेसुङ्गा नगरपालिका, गुल्मीदरबार गाउँपालिका, मदाने गाउँपालिका र इस्मा गाउँपालिका जितेकाे छ । एमालेले छत्रकोट र सत्यवती गाउँपालिका र माओवादी केन्द्रले चन्द्रकोट गाउँपालिका जितेकाे छ । 

तस्बिर : प्रसाद पन्थीकाे फेसबुकबाट

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया