काठमाण्डौ र गण्डकीदेखि पूर्वका केही ठाउँमा राति चट्याङ्गसहित ठूलो वर्षा

 जेठ ३१, २०७९ मंगलबार ६:३७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै - काठमाण्डौ उपत्यकासहित गण्डकी पूर्वका केही ठाउँमा राति मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी परेको छ ।

ठूलो पानी परेका कारण काठमाण्डौका वाग्मती, विष्णुमति लगायत काठमाण्डौबाहिरका अरु नदी खोलानालामा बाढी आएको छ । तर कुनै पनि नदी खोलामा अहिलेसम्म पानीको सतह खतराको तहभन्दा माथि नपुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति ठूलो पानी परे पनि अहिले हल्का पानी मात्र परेको छ । दिउँसो र बेलुकीपख प्रदेश-१ र मधेस प्रदेशका केही ठाउँमा केहीबेर ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातारको वर्षाका कारण राति मुग्लिन आसपासमा पहिरो खस्दा केहीबेर सडक अवरुद्ध भएको थियो । अहिले पहिरो पन्छाएर सडक खुलाइसकिएको मुग्लिन प्रहरीले जनाएको छ ।

मुग्लिनका प्रहरी निरीक्षक सुन्जित तामाङका अनुसार मुग्लिन–नारायणगढ सडक खण्डको कालीखोलामा अहिले एकतर्फी रुपमा आलोपालो गरेर गाडी चलाइएको छ । केहीबेरमा दुईतर्फी रुपमै गाडी चलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । पानी पर्नेबित्तिकै पहिरो खस्ने भएकाले सडक खुलाउन दिनरात प्रहरी खटिएको उहाँले जानकारी दिनुभयो । 


 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया