मेलम्चीमा नेपाली सेनाको विपद् पूर्वतयारी अभ्यास

 असार ८, २०७९ बुधबार १६:३०:१३ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – सिन्धुपाल्चोककोे मेलम्चीे नदी किनारमा आज बुधवार बाढी र पहिरोको कृत्रिम घटना अभ्यास गरिएको छ । कालीजंग गण मेलम्ची गुल्मको आयोजनामा मेलम्ची नदी किनारमा बाढी र पहिरोको कृत्रिम अभ्यास सम्पन्न भएको हो ।

बाढी र पहिरोका बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारका लागि कृत्रिम अभ्यास गरिएको नेपाली सेनाको २६ बाहिनी अड्डाको बाहिनी पति सहायक रथी ज्योतेन्द्र महतले जानकारी दिनुभयो । 

अभ्यासका क्रममा मेलम्चीमा पौडी खेल्दै गरेका एक व्यक्तिलाई नदीले बगाउँछ । उहाँलाई उद्धार गरिन्छ । बाढीले बगाएका व्यक्तिको उद्धार गरी जनधनको क्षति रोक्न सुरक्षा निकाय परिचालित कसरी गर्ने, सुरक्षा फौजको गोताखोर टोलीले डुङ्गामार्फत डुबेकालाई कसरी निकाल्ने, बाहिर निकालेर प्राथमिक उपचार कसरी गर्ने र अस्पतालसम्म कसरी पठाउने विषयमा अभ्यास गरिएकाे हाे । घटना अभ्यासमा पहिरोले घरमा फसेकाहरूको डोरीको साहायताले गरिने उद्धार, घरमा फसेकाहरूको कसरी उद्धार गर्ने भन्ने देखाइएको थियो ।

उद्धार सामग्री र जनशक्तिको अद्यावधिक तथा पुनर्ताजगीका लागि खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ यस वर्ष पनि बाढी र पहिरोको कृत्रिम घटना अभ्यास गरिएको कालीजंग गणको गणपति मिलन थापाले बताउनुभयो ।

कार्यक्रममा उद्धार सामग्रीहरूको पनि प्रदर्शनी गरिएको थियो । कृत्रिम घटना अभ्यासमा मेलम्ची नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतसहित जनप्रतिनिधि, प्रहरी, शिक्षक, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधिलगायतकाे सहभागिता रहेको थियाे । 

अभ्यास कार्यक्रमपछि नगरपालिकाका मेयर आइतमान तामाङले यस्ता कार्यक्रमले विपद्का बेला कसरी काम गर्ने र जनशक्ति कसरी परिचालन गर्नुपर्छ भन्ने सन्देश दिएको बताउनुभयो । यस्ता खाले तालिम स्थानीय र जनप्रतिनिधिलाई समेत आवश्यक पर्ने उहाँकाे भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया