चट्याङ लागेर हिजाे एकै दिन ७ जनाकाे ज्यान गयाे

 असार १५, २०७९ बुधबार १४:५१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – चट्याङ लागेर हिजो मङ्गलवार एकै दिन सात जनाको ज्यान गएको छ । रुपन्देही, नवलपरासी पश्चिम, बाग्लुङ, बाँके, पर्सा, धादिङ र कैलालीमा चट्याङ लागेर एक–एक जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

यसैबीच बितेको साढे तीन महिनामा विपद्जन्य घटनाबाट ९५ जनाको ज्यान गएको छ । गएको वैशाख १ गतेदेखि आज बुधवार बिहान १० बजेसम्ममा ९५ जनाको ज्यान गएको हो । सबैभन्दा बढी चट्याङका कारण ३७ जनाको ज्यान गएको छ । यस्तै आगलागीबाट १८ जना, जनावरको आक्रमणबाट १२ जना, पहिरोमा परेर १० जना, हावाहुरीका कारण आठ जना, सर्पले टोकेर पाँच जना, बाढीका कारण तीन जना तथा भारी वर्षा र डढेलेका कारण एक–एक जनाको ज्यान गएको छ । 

साढे तीन महिनामा आठ सय ९१ वटा विपद्जन्य घटना भएकोमा एक जना बेपत्ता र दुई सय चार जना घाइते भएका छन् । घटनामा एक हजार एक सय ५८ परिवार प्रभावित भएका छन् भने ५८ करोड ६७ लाख ८८ हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ । 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया