‘मनसुन ब्रेक’ : अबको एक दुई दिन हल्का मात्रै वर्षा, गर्मी बढ्ने

 असार २२, २०७९ बुधबार ८:२४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौसहित देशका धेरै ठाउँमा गर्मी बढेको छ । हल्का वर्षा भए पनि गर्मी बढेको छ । मौसमविद् हिरा भट्टराईका अनुसार अहिले ‘मनसुन ब्रेक’ भएको छ ।

‘यस्तो बेला मनसुनी गतिविधि कम हुन्छ । गर्मीको समय भएकाले मनसुनी गतिविधि कम हुनासाथ गर्मी बढ्छ’ उहाँले भन्नुभयो । अबको एक दुई दिन देशका धेरै ठाउँको मौसम यस्तै रहने पनि उहाँले जानकारी दिनुभयो । मनसुनको समयमा हुने मौसम सम्बन्धी यस्ता गतिविधि सामान्य नै रहेको मौसमविद् भट्टराईले बताउनुभयो ।

आज धेरै ठाउँमा हल्का पानी पर्ने सम्भावना भने छ तर पनि गर्मी भने बढ्ने मौसमविद् भट्टराईले बताउनुभयो । काठमाण्डौमा बिहान हल्का पानी परेको थियो । एक दुुई दिन धेरै ठाउँमा हल्का मात्रै पानी पर्ने अनुमान गरिएको छ । गण्डकी र सुदूरपश्चिमका एक दुई ठाउँमा भने हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया