आज लुम्बिनी र सुदूरपश्चिममा पानी पर्ने सम्भावना : झरी रोकिएपछि मौसम खुल्न थाल्यो

 साउन ७, २०७९ शनिबार ८:१२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ - आज काठमाण्डौ उपत्यकासहित देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बेलुका देशको पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई र पहाडी क्षेत्रमा बेलुकी हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

अरु प्रदेश-१, वाग्मती, गण्डकी, कर्णाली प्रदेशमा पहाडी केही क्षेत्रमा मात्रै पानी पर्ने अनुमान छ । अबको केही दिन ठूलो पानी पर्ने सम्भावना छैन । मनसुनको न्यून चापीय रेखा फेरि भारततर्फ सर्दै गएकाले केही दिन ठूलो पानी नपर्ने मौसमविद् पौडेलले बताउनु भयो । काठमाण्डौ उपत्यकासहित केही ठाउँमा गएराति पानी परेको थियो ।

अहिले पानी पर्न रोकिएपछि बिस्तारै मौसम खुल्दै गएको छ । अबको तीन दिन कोशी, नारायणी, कन्काई, कर्णाली, महाकालीलगायत ठूला नदीमा पानीको सतह सतर्कता तहभन्दा तल नै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया