सिन्धुपाल्चाेकमा खाेलाले बगाएर २ जनाकाे ज्यान गयाे

 साउन ९, २०७९ सोमबार १८:४५:४२ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चाके – इन्द्रावती खोलाले बगाएर सिन्धुपाल्चाेकमा दुई जनाको ज्यान गएको छ । मेलम्ची नगरपालिका १२ र इन्द्रावती गाउँपालिका ५ जोड्ने झोलुङ्गे पुलको बाटोबाट दुई जनालाई खोलाले बगाएको छ ।

ज्यान गुमाउनेमा मेलम्ची ११ का बिश्नुप्रसाद चालिसेका ५ वर्षका छोरा विशेष र चौतारा साँगाचाेकगढी नगरपालिका ७ सानोसिरुवारीकी (मृतक बच्चाका ठूलीआमा) ५५ वर्षकी गोमा धिताल रहेका इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक इन्द्रजित इटीनीले जानकारी दिनुभयो ।

माइत जाने क्रममा इन्द्रावती ५ कोइरालटार भिरबाट लडेर दुवै जनालाई इन्द्रावती खोलाले बगाएको अनुमान गरिएको छ । झोलुङ्गे पुलबाट आउने साँघुरो बाटोबाट आउने क्रममा उनीहरू खसेका हुन सक्ने प्रहरीले अनुमान गरेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया