आज चार वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने, पर्सिदेखि मनसुन कमजोर हुने अनुमान

 साउन १४, २०७९ शनिबार ७:२३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज देशका चार वटा प्रदेशमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश-१, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । गएराति लुम्बिनीमा ठूलो पानी परेको थियो । अरु ठाउँमा हल्कादेखि मध्यमखालको पानी परेको छ ।

अबका तीन दिन सोमवारसम्म नै पानी पर्ने अनुमान छ । त्यसपछि मनसुन केही कमजोर हुन सक्ने देखिएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकामा आज बिहान आकाश धुम्मिएको छ । अहिले मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर ठाउँ आसपासमा रहेको छ भने पूर्वमा सरदर ठाउँभन्दा केही उत्तरतिर रहेको छ ।

निरन्तर पानी पर्दा जमिन भिजिरहने भएकाले पहिरोको जोखिम हुने तथा नदी/खोलामा बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन पनि मौसमविद्ले आग्रह गरेका छन् । केही दिनदेखि पानी परेपछि तराई क्षेत्रमा राहत भएको छ ।

प्रदेश-२, लुम्बिनीसहित तराई क्षेत्रमा गर्मी केही घटेको छ । तर सोमवारपछि मनसुन कमजोर हुने देखिएकाले फेरि गर्मी बढ्न सक्ने देखिएको मौसमविद् श्रेष्ठले बताउनुभयो । यो हप्ता तराई क्षेत्रमा परेको पानीले धान रोपेका ठाउँमा रोपो मर्नबाट जोगिएको महोत्तरीका किसान रामविनोद महतोले बताउनुभयो । पछिल्लो वर्षाले धान, उखु, तरकारी र फलफूलका बिरुवालाई पनि राहत भएको छ ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया