यस वर्षको 'जानकी साहित्यिक पुरस्कार' रुद्र ज्ञवालीलाई प्रदान

 भदौ १२, २०७९ आइतबार २०:१:११ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – यस वर्षको जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार रुद्र ज्ञवालीलाई प्रदान गरिएको छ । 'जानकी प्रतिष्ठान' द्वारा स्थापना गरिएको याे पुरस्कार गुल्मीमा जन्मेर निरन्तर साहित्यिक क्षेत्रमा कलम चलाउने स्रष्टालाई पुरस्कृत गर्ने परम्पराअनुसार यस वर्ष ज्ञवालीलाई प्रदान गरिएको हो । 

जानकी प्रतिष्ठानमार्फत मोती जयन्तीको अवसर पारेर शनिवार किरण पुस्तकालय तम्घासको आयोजनामा रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले ज्ञवालीलाई नगद र सम्मान पत्र प्रदान गर्नुभयाे । 

सरकारी सेवाबाट निवृत भइसकेका ज्ञवालीको जन्म गुल्मीको ग्वादी कौलोदीमा भएको हो । सानैदेखि साहित्य साधनामा सक्रिय रहँदै आउनुभएका ज्ञवालीले आफ्नो जीवनको उर्बर समय साहित्यिक साधना र राष्ट्रसेवामा व्यतित गर्नुभएको छ । ज्ञवालीका निर्वासन (कथा सङ्ग्रह), सपना फुल्ने रातहरू (गजल सङ्ग्रह), विवरूका कथाहरू, उन्मुक्त आकाश (मुक्तक सङ्ग्रह), असल साथी (बालकथा सङ्ग्रह), पात्रहरू (कथा सङ्ग्रह) र रुझेर अग्नि वर्षामा (मुक्तक सङ्ग्रह) कृति प्रकाशनमा आएका छन् । 

ज्ञवालीका सिर्जनाहरू सरल, सरस र यथार्थतिर उन्मुख रहेको साहित्यकार दीन पन्थीले बताउनुभएको छ । 

२०३३ सालमा रुरुक्षेत्र गाउँपालिका ४ अन्तर्गत बलेटक्सारमा जन्मेकी जानकी ज्ञवाली साहित्य र मानव अधिकारको क्षेत्रमा काम गर्दा गर्दै ३९ वर्षको उमेरमा निधन भएको थियो । ज्ञवालीको निधनपछि उहाँका श्रीमान् शंकरप्रसाद गौतमको अग्रसरतामा जानकीको स्मृतिमा किरण पुस्तकालय तम्घासमा एक लाख ५१ हजार एक सय ५१ रुपैयाँको अक्षय कोष स्थापना गर्नुभएकाे हाे । यस अक्षय कोषको ब्याजबाट हरेक वर्ष ज्ञवालीको जन्मदिनको अवसर पारेर पुरस्कार घोषणा गर्ने र मोतीराम भट्टको जन्मजयन्तीको अवसरमा किरण पुस्तकालयमार्फत पुरस्कार प्रदान गर्ने प्रचलन रहेको छ । ‘जानकी साहित्यिक पुरस्कार’ बाट यसअघि साहित्यकार सूव सेन (सूर्यबहादुर सेन) भागरिथी श्रेष्ठ, रामप्रसाद पन्त र नारद गौतम पुरस्कृत हुनुभएको थियो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया