सेवा प्रवाहमा अब्बल बन्दै गुल्मी अस्पताल

 भदौ ३०, २०७९ बिहिबार १४:२६:४१ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मी अस्पतालले आफ्नाे सेवा प्रवाहलाई अब्बल बनाउँदै लगेकाे छ । कम जनशक्ति र भौतिक संरचनाको अभावमा पनि अस्पतालले बिरामीहरूलाई दिँदै आएकाे सेवा राम्रो बन्दै गएको सरोकारवालाले बताएका छन् ।  

अस्पतालकाे कार्यसम्पादानकाे बारेमा जानकारी दिन आयाेजना गरिएकाे वार्षिक समीक्षा कार्यक्रममा सराेकारवाला सङ्घसंस्थाका प्रतिनिधिले अस्पतालले दिँदै आएकाे सेवाकाे प्रशंसा गरेका हुन् । उनीहरूले अस्पतालको विकासका लागि सबै लाग्नुपर्नेमा जाेड दिए । कार्यक्रममा गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्याले एक वर्षमा अस्पतालमा भए गरेका व्यवस्थापकीय कामहरूको बारेमा सरोकारवालालाई जानकारी गराउनुभएको थियो ।  

डा. पच्याले अस्पतालमा कम साधन, स्रोत र जनशक्तिकाे अभावमा पनि बिरामीलाई भरपर्दो र विश्वासिलाे सेवा प्रवाह गरेको बताउनुभयाे । अस्पतालमा लामो समयदेखि जनशक्ति व्यवस्थापन मुख्य चुनौतीको रूपमा रहेको र दरबन्दी भए पनि त्यसको परिपूर्ति हुन नसकेको उहाँकाे भनाइ छ ।  

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले अस्पतालप्रति नागरिकको विश्वास र भरोसा कायम रहेको भन्दै त्यसलाई गुम्न नदिने वातावरण बनाउनका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । यस्तै प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले अस्पताले प्रवाह गर्ने नियमित प्रशासनिक सेवासँगै समुदाय र नागरिकको रचनात्मक कामका लागि प्रदान गर्ने सेवा थप महत्त्वपूर्ण रहने उल्लेख गर्नुभयाे ।  

सरोकारवालाबाट आएका जिज्ञासा र सुझावकाे बारेमा स्पष्ट पार्दै अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेले प्रदेशस्तरका अस्पतालहरूकाे तुलनामा गुल्मी अस्पताल अब्बल रहेको दाबी गर्नुभयो । उहाँले आउँदा दिनमा अस्पतालमा अन्य सेवा विस्तार गरिने जानकारी गराउनुभयाे । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया