विभागले म्यानपावर कम्पनीलाई शाखा कार्यालय खोल्न अनुमति दिने

 असोज ५, २०७९ बुधबार १५:२४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरूलाई शाखा कार्यालय खोल्न अनुमति दिने भएको छ ।

कामदार वैदेशिक रोजगारीमा पठाउने सङ्ख्याको आधारमा शाखा कार्यालय खोल्न पाउने विभागले जनाएको छ । 

वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न विभागबाट इजाजत लिएका म्यानपावर कम्पनीले देशभित्रै शाखा कार्यालय खोल्न चाहेमा विभागले अनुमति दिनु पर्ने कानुनी व्यवस्था छ ।

यही व्यवस्था अनुसार विभागले शाखा कार्यालय खोल्न चाहने म्यानपावर कम्पनीलाई निवेदन पेस गर्न समेत आह्वान गरेको छ । 

कुनै पनि म्यानपावर कम्पनीले शाखा कार्यालय खोल्नका लागि वैदेशिक रोजगार व्यवसाय गर्ने इजाजत लिएको कम्तीमा पनि एक वर्ष पूरा भएको हुनु पर्ने छ । 

वार्षिक तीन हजार जनासम्म कामदार पठाउने लक्ष्य राखेका म्यानपावर कम्पनीले बढीमा तीन वटासम्म र पाँच हजार जनाभन्दा बढी कामदार पठाउने लक्ष्य राखेका म्यानपावर कम्पनीले बढीमा ६ वटासम्म शाखा कार्यालय खोल्न पाउने छन् । तर एक प्रदेशमा एकभन्दा बढी शाखा कार्यालय भने खोल्न नपाइने नियम रहेको छ ।  

 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया