दक्ष श्रमिकलाई यूएईले दिने गोल्डेन भिसा लिने नियम केही खुकुलो

 कात्तिक २, २०७९ बुधबार १३:२८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएई – पछिल्लो समय यूएईले दक्ष तथा व्यवसायीक आप्रवासीका लागि प्रदान गर्ने गोल्डेन भिसाका केही नियम खुकुलो बनाएको छ ।

निश्चित मापदण्ड पूरा गरेका आप्रवासीहरूले यूएईमा बस्नका लागि पाउने गोल्डेन भिसा सम्बन्धी केही नियममा परिवर्तन गरेको छ । तर जानकारीको अभावमा धेरैजसोले गोल्डेन भिसाका लागि आवेदन नै नदिने गरेको खबर खालीज टाइम्सले लेखेको छ ।

गोल्डेन भिसाका लागि आवेदन दिनका लागि यसअघि कम्तीमा मासिक ५० हजार दिर्हाम आम्दानी भएको हुनु पथ्र्यों । तर अहिले अहिले यो प्रावधानलाई परिवर्तन गर्दै ३० हजार दिर्हाम मासिक आम्दानी हुनेले पनि यूएईको गोल्डेन भिसाका लागि आवेदन दिन सक्नेछन् ।

चिकित्सा क्षेत्र, विज्ञान तथा इन्जिनियरिङ क्षेत्र, सूचना तथा प्रविधि क्षेत्र, वाणिज्य तथा प्रशासन क्षेत्रका साथै कानुन, संस्कृति तथा सोसियल साइन्सको क्षेत्रमा आबद्ध आप्रवासीहरूले यो भिसाका लागि आवेदन दिन सक्नेछन् । 

यूएईमा गोल्डेन भिसा पाएपछि बसोबासको अवधि बढ्ने छ । यो भिसा १० वर्षको हुन्छ । आफै स्पोन्सर भएर बस्न वा काम गर्न पाइन्छ भने आफ्नो आफन्तलाई पनि स्पोन्सर गर्न र घरेलु श्रमिकसमेत राख्न पाइन्छ ।

यो भिसा प्राप्त गर्नेहरूले यूएईमा स्वास्थ्यको पनि राम्रो प्याकेज पाउनेछन् भने दुबई प्रहरीको इस्क्ड प्रिभिलेज कार्डसमेत पाउनेछन् । 

 तर यो भिसाका लागि आवेदन दिनका लागि यूएईको आधिकारिक रोजगार करार सम्झौता पत्र र पेसागत रूपमा पनि पहिलो वा दोस्रो दर्जाको रूपमा सूचिकृत हुन पर्छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया