अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने स्काभेटर र टिपर नियन्त्रणमा

 पुस ९, २०७९ शनिबार १८:२५:१२ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक बाह्रविसे ५ खोराङ्ग दोभानमा भोटेकोशी नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरी रहेको अवस्थामा स्काभेक्टर र टिपर नियन्त्रणमा लिइएको छ । 

ईलाका प्रहरी कार्यालय बाह्रविसेबाट खटिएको प्रहरी टोलीले खोराङ्ग दोभानमा भोटेकोशी नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरी रहेको अवस्थामा बा २ क ५५४६ नं. को चेनवाला स्काभेटर, बा २ क १०७३ र बा २ क १०७० नं.को टिपर फेला पारी नियन्त्रणमा लिई आवश्यक कारबाहीको प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शिवकुमार बुढाथोकीले जानकारी दनिुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया