लमजुङका २ वटा क्याम्पसमा नेविसङ्घ र एउटामा अनेरास्ववियु विजयी

 चैत ६, २०७९ सोमबार १६:४३:३ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा लमजुङमा २ वटा क्याम्पसमा नेविसङ्घ र एउटा क्याम्पसमा अनेरास्ववियु विजयी भएकाे छ । लमजुङको बेसीसहरमा रहेको मर्स्याङ्दी बहुमुखी क्याम्पस, सुन्दरबजारमा रहेको मातृभूमि बहुमुखी क्याम्पसमा नेविसङ्घ र सुन्दरबजारमा रहेको लमजुङ कृषि क्याम्पसमा अनेरास्ववियु विजयी भएको हो ।

मर्स्याङ्दीमा नेविसङ्घ र अनेरास्ववियु (क्रान्तिकारी) का तर्फबाट स्ववियु सभापतिमा नेविसङ्घका सुगम देउजा निर्वाचित हुनुभएको हो । सचिवमा नेविसङ्घकै पूर्णबहादुर गुरुङ, कोषाध्यक्षमा शर्मिला भण्डारी, सदस्यहरूमा अनिता थापा, करुणा वाग्ले, प्रितम विक, शरण पौडेल, र सुनील भट्ट निर्वाचित हुँदा अनेरास्ववियु क्रान्तिकारीबाट सदस्यमा सविना प्रजा चेपाङ निर्वाचित हुनुभएको छ ।    

यसैगरी समानुपातिकतर्फ नेविसङ्घका वसन्तराज कुइँकेल (प्रकाश), जमुना श्रेष्ठ, पुष्पा तामाङ र अनेरास्ववियु (क्रान्तिकारी) की जुना तामाङ सदस्यमा निर्वाचित हुनुभएको छ ।

मातृभूमिमा नेविसङ्घका विशाल थापा सभापतिमा निर्वाचित हुनुभएको छ । यस्तै सचिवमा नेविसङ्घकै अभिषेक पौडेल, कोषाध्यक्षमा ज्योति सार्की विजयी, क्याम्पस सदस्यहरूमा किरण श्रेष्ठ, तीर्थराज थापा र मनिषा थापा निर्वाचित हुनुभएको छ । 

समानुपातिकतर्फ सदस्यहरूमा नेविसङ्घकै हसन मियाँ, सुस्मिता सापकोटा, बन्दना वस्ती, सविना तामाङ, मनिष पौडेल र विज्ञान कोइराला निर्वाचित हुनुभएको छ ।

यस्तै लमजुङ कृषि क्याम्पसमा अनेरास्वियुका वीरेन्द्र जिसी सभापतिमा विजयी हुनुभएको छ । सचिवमा अनेरास्ववियुकै विराज सुवेदी, कोषाध्यक्षमा गौरव जोशी, खुल्ला सदस्यतर्फ चेतना राना, रसिक खनाल, विराज खड्का, विनिता कार्की र धनकुमारी गुरुङ विजयी हुनुभएको छ ।

समानुपातिक सदस्यतर्फ अनेरास्ववियुकै अर्जुन ढकाल, अनिसा कार्की, कृति खरेल, कल्पना पौडेल, सोलिना कार्की ओली, अनुपा शर्मा र पूर्णबहादुर बुढाथोकी निर्वाचित हुनुभएको छ ।

लमजुङकाे इशानेश्वर क्याम्पस, पुष्पलता क्याम्पस र मंगला क्याम्पसमा भने स्ववियु चुनाव भएन ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया