चितवन–२ मा मतगणना सुरु, प्रमुख जिल्ला अधिकारी गणनास्थलमा नजाने

 बैशाख ११, २०८० सोमबार १४:१४:१६ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – प्रतिनिधि सभा सदस्यकाे उपचुनावअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । हिजो आइतवार भएको मतदानमा चितवन–२ मा ७८ हजार दुई सय ७७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रारम्भिक विवरण दिएको छ । 

आज बिहान बसेको सर्वदलीय बैठकले चितवन–२ को उपचुनावकाे मतगणना दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति गरेको थियो । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ ।

यस्तै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको भूमिका विवादास्पद रहेको भन्दै उहाँलाई मतगणनामा सहभागी नगराउने निर्णय भएको छ । बिहान बसेको सर्वदलीय बैठकले मतगणनास्थलमा सम्पूर्ण सुरक्षाको जिम्मा न्यायाधीश निर्वाचन अधिकृतको कार्यालयका प्रमुख वासुदेव न्यौपानेले लिने र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल मतगणना स्थलमा अनुपस्थित रहने भनिएको छ । राजनीतिक दलहरूले नै मतगणना स्थलमा आफू नआए हुन्थ्यो जस्तो गरेपछि नजाने निर्णय गरेको प्रजिअ पौडेलले बताउनुभएको छ । 

बैठकमा निर्वाचन अधिकृत न्यौपानेले सुरक्षाको सबै जिम्मा आफूले लिने र त्यसमा प्रजिअले समेत सहमति जनाएको कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले जानकारी दिनुभयो ।

चितवनको भरतपुरमा रहेको उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा मतगणना हुँदैछ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

1 Comments

  • Rojasmi Poudel

    April 24, 2023, 2:27 p.m.

    Jay ghanti 🔔 ❤️ besh wishes rabi dai ♥️

  •  0 Reply

तपाईको प्रतिक्रिया