सगरमाथा क्षेत्रमा एक विदेशी नागरिक मृत फेला, हेलिकप्टरमार्फत शव उद्धार

 कात्तिक ९, २०८० बिहिबार १७:४१:४१ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ मा एक विदेशी नागरिक मृत फेला परेका छन् । सगरमाथा क्षेत्रको भ्रमणमा आएका चेक रिपब्लिकका ४६ वर्षीय पुरुष जनरोसको शव चोलापिक हिमाल क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार चोलापिक हिमाल चढेर फर्किएका जनरोस बुधवार दिउँसो अन्दाजी १ बजे हिमालभन्दा करिब पाँच सय मिटर तल मृत भेटिएका हुन् । मृतकको शव बिहीवार अल्टिच्युट हेलिकप्टरले उद्धार गरेर लुक्ला ल्याइ काठमाण्डौ पठाउने प्रकृया अघि बढाएको बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहको जिल्ला प्र्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

त्यस्तै सोलुखुम्बुको मेरापिक क्षेत्रमा पर्यटक भरिया सुतेकै ठाउँमा मृत भेटिएका छन् । ज्यान गुमाउनेमा जिल्लाको सोताङ गाउँपालिका–१ बर्बोटेका २९ वर्षीय शम्भु विक रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार महाकुलुङ गाउँपालिका–१ खारेको मेरापिक क्षेत्रमा पर्यटक भरियाको रुपमा ट्रेकिङ गएका विक बुधवार महाकुलुङ–१ को पुच्छर होटलमा बास बसेका थिए । विकलाई त्यसै होटलमा सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया