सगरमाथा क्षेत्रमा देखिएका जलवायु परिवर्तनकाे असर न्यूनीकरणका लागि सहयोग गर्छाैँ : गुटेरेस

 कात्तिक १३, २०८० सोमबार ११:२५:४० | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रमा देखिएका असरसँग लड्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उच्च हिमाली क्षेत्रको अवलोकनका क्रममा आज सोलुखुम्बुको खुम्जुङ पुग्नुभएका उहाँले जलवायु परिवर्तनको मारमा हिमाली क्षेत्र परेको भन्दै असर न्यूनीकरणका लागि सहयोग गर्न संयुक्त राष्ट्रसङ्घ तयार रहेको बताउनुभयो ।

नेपाली सेनाको हेलिकप्टरमार्फत् खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ खुम्जुङ पुगेका गुटेरेसले स्थानीय बासिन्दासँगको अन्तर्क्रियामा विकसित राष्ट्रहरुको नियति विकाशील राष्ट्रहरुले भोग्नु परेको भन्दै दुःख व्यक्त गर्नुभयो ।

विश्वका ठूला तथा विकसित शक्ति राष्ट्रहरुका कारण वातावरण प्रदूषण भए पनि त्यसको प्रत्यक्ष मारमा भने नेपाल जस्ता साना राष्ट्रहरु परेका उहाँको भनाइ छ ।

हिमालमा हिउँ पग्लिएसँगै हिमाली बस्ती हिमपहिरोको उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् । साथै सगरमाथाको फोहर सफा गर्ने विषय नेपालका लागि निक्कै पेचिलो भएकाले यसमा सहयोग गर्न स्थानीयले संयुक्त राष्ट्रसङ्घसँग आग्रह गर्नु भएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया