एक महिनामै झण्डै १० हजार जना पर्यटक खुम्बुक्षेत्र पुगे

 कात्तिक १५, २०८० बुधबार १०:३३:४२ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्ब – सोलुखुम्बुको खुम्बु क्षेत्रमा असोज महिनामा नौ हजार ८ सय १० जना पर्यटक पुगेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्याङ्कअनुसार असोजमा आठ हजार ५ सय ५१ विदेशी र एक हजार २ सय ५९ नेपाली गरी नौ हजार ८ सय १० जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका हुन् ।

यो सहित चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोज महिनामा खुम्बु क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या ११ हजार ३ सय ४२ जना पुगेका निकुञ्जका सूचना अधिकारी मनोज कुमार मण्डलले जानकारी दिनुभयो । जसमा एक हजार ४ सय ५९ नेपाली, एक हजार ४ सय १९ सार्क देशका र आठ हजार ४ सय ६४ जना अरु देशका विदेशी पर्यटक रहेका छन् ।

तीन महिनामा उनीहरुबाट दुई करोड ५१ लाख पाँच हजार ८ सय ९२ रुपैया राजस्व सङ्कलन भएको छ । सगरमाथा क्षेत्र घुम्ने नेपाली पर्यटकबाट एक सय रुपैयाँ, सार्क देशका नागरिकसँग एक हजार पाँच सय रुपैयाँ र अरु देशका नागरिकसँग तीन हजार रुपैयाँ शुल्क उठाउँदै आएको निकुञ्जको कार्यालयले जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज रहेको खुम्बु क्षेत्रमा सगरमाथा ल्होत्से, नुप्से, चोयु लगायतका हिमाल र गोक्यो लगायतका तालहरु छन् । खुम्बु क्षेत्रलाई विश्वकै उत्कृष्टमध्येको पदमार्गको रुपमा चिनिन्छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया