६ महिनामा सगरमाथा क्षेत्रकाे भ्रमणमा आएका १३ विदेशी नागरिकको ज्यान गयो

 कात्तिक १९, २०८० आइतबार ११:५१:३६ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – पछिल्लो ६ महिनामा सोलुखुम्बु भ्रमणमा आएका एक दर्जनभन्दा बढी विदेशी नागरिकको ज्यान गएको छ ।

यस वर्षको वैशाख महिनादेखि असोजसम्म सगरमाथा क्षेत्र भ्रमणमा आएका १३ जना विदेशी नागरिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

ज्यान गुमाउनेमा सबैभन्दा बढी मलेसियाका तीन जना, चीनका दुई जना र अमेरिका, माल्दोवा, भारत, क्यानडा, जापान, चेक रिपब्लिक, स्विट्जरल्यान्ड र कोरियाका १/१ जना रहेका प्रहरी निरीक्षक अनिल मिश्रले जानकारी दिनुभयो ।

उहाँका अनुसार वैशाख महिनामा एक जना, जेठमा पाँच जना, असोजमा दुई जना, कात्तिकमा पाँच जनाको ज्यान गएको छ । हिमाल आरोहणको क्रममा चेक रिपब्लिकका एक जनाको र अन्य १२ जनाको लेक लागेर र विभिन्न कारणले भ्रमणकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । कतिपय पर्यटकहरु बेपत्ता भइ पछि खोजतलास गर्दा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

खुम्बु भ्रमणमा आएर बेपत्ता भएका भनिएका एक जना जर्मनी नागरिकको भने अझैसम्म अवस्था पत्ता लाग्न नसकेको बताइएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया