सोलुखुम्बुमा उडिरहेकाे हेलिकप्टरबाट सामान खस्यो

 कात्तिक २८, २०८० मंगलबार १८:४५:१५ | सुवास दर्नाल
unn.prixa.net

कैलाश एअरकाे हेलिकप्टर

साेलुखुम्बु – सोलुखुम्बुमा कैलाश एअरको उडिरहेकाे हेलिकप्टरबाट सामान खसेको छ । आज मङ्गलबार दिउँसो सोलुदूधकुण्ड नगरपालिका–१ देकुमा कैलाश एअरको हेलिकप्टरमा झुन्डाएर लगेकाे प्लाइउड खसेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

सोलुदूधकुण्ड–१ टाक्सिन्दु हेलिप्याडबाट खुम्बु पासाङल्हामु गाउँपालिका–४ फेरुचेका लागि कार्गो सामान लिएर उडेको हेलिकप्टरबाट जङ्गलमा सामान खसेको हो । हेलिकप्टरबाट खसेको प्लाइउड झन्डै छ सय ५० किलो बराबरको रहेकाे टाक्सिन्दुका वडाध्यक्ष छोङ्बा शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार सामान खसेको ठाउँ बस्तीबाट झन्डै दुई किलोमिटर टाढा रहेको छ । जङ्गलमा खसेका कारण मानवीय क्षति हुन नपाएको वडाध्यक्ष शेर्पाले बताउनुभयो ।

हेलिकप्टर कम्पनीहरूको लापर्बाहीका कारण बस्तीमा दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया