सगरमाथा क्षेत्रमा झण्डै दुई महिनादेखि जर्मन नागरिक बेपत्ता

 मंसिर ६, २०८० बुधबार १३:१५:१२ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सगरमाथा क्षेत्र भ्रमणमा आएका एक जर्मन पुरुष नागरिक झण्डै दुई महिनादेखि बेपत्ता हुनुभएकाे छ । सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आउनु भएका डा साखर गएकाे गत असोज १७ गतेदेखि बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार असोज १७ गते एक्लै काठमाण्डौबाट जहाजमार्फत् लुक्ला ओर्लिएका ७६ वर्षीय गम त्यहाँबाट गोक्यो क्षेत्रतर्फ लाग्नु भएको थियो । उहाँ लुक्ला र जोरसल्ले चेकपोष्टमा भित्रिएको देखिएको प्रहरी निरीक्षक मिश्रले बताउनुभयो । 

गोक्यो क्षेत्र पुगेका गमले त्यहाँबाट परिवारलाई समेत तस्बिर खिचेर पठाएको दूतावासले जनाएको छ । बेपत्ताको खोजी भइरहे पनि अहिलेसम्म अवस्था पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया