गोठमा आगलागी हुँदा जलेर बालककाे ज्यान गयो

 मंसिर २३, २०८० शनिबार ११:१५:४० | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्ब – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–२ फुङ्बुचेको एक गोठमा आगलागी हुँदा ४ वर्षीय बालकको जलेर ज्यान गएको छ । ज्यान जानेमा सोलुदुधकुण्ड नगरपालिका ४ सुर्केका सोमम शेर्पाका छोरा अन्दाजी वर्ष ४ का पासाङ शेर्पा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक रामचन्द्र शाहका अनुसार गत बिहीवार सोलुदुधकुण्ड नगरपालिका–२ फुङबुचेका दाछिरी शेर्पाको नाकगोठमा आगलागी हुँदा दाछिरीको भान्जा पर्ने पासाङको गोठमा जलेर ज्यान गएको हो ।

बिहीवार साँझ गोठमा आगो बालेर बालककी आमा मपुङ घरतर्फ गएको र मामा दाछिरी चौरी लिन जङ्गल गएको अवस्थामा आगलागी भएको प्रहरी निरीक्षक शाहले बताउनुभयो ।

आगोले जलेर चिन्न नसक्ने अवस्थामा फेला परेको बालकको शव पोष्टमार्टम पश्चात आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया