खुम्बुमा चिसोले पाइपमै पानी जम्न थाल्यो

 मंसिर २८, २०८० बिहिबार ८:४३:४६ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु क्षेत्रमा चिसाेका कारण पाइपमै पानी जम्न थालेपछि पानी आपूर्तिमा समस्या भएको छ । अत्यधिक चिसोका कारण पाइपमै पानी जम्दा सगरमाथा क्षेत्रमा पिउने पानीकाे आपूर्ति प्रभावित भएको हो ।

दिउँसो घाम लागेको समयमा समेत जमेको पानी नपग्लिँदा खुम्बुको विभिन्न ठाउँमा खानेपानी आपूर्ति बन्द भएको स्थानीय दावा शेर्पाले बताउनुभयो । उहाँका अनुसार खुम्बुमा यतिखेर खाने तेलदेखि घरभित्र भरेको पानी समेत जमेर ढिक्का जस्तै बन्ने गरेको छ ।

यो क्षेत्रको तापक्रम घटेर माइनस १३ डिग्री सेल्सियससम्म झर्ने गरेको इलाका प्रसाशन कार्यालय नाम्चेका प्रमुख सुजन कुमारी बर्देवाले बताउनुभयो । अहिले सदरमुकाम सल्लेरीसहितका क्षेत्रमा समेत बिहानको समयमा पानी आपूर्ति प्रभावित भइरहेको छ ।

धारा तथा पाइपको पानी जम्दा दैनिकी कष्टकर बनेको स्थानीय बासिन्दाले बताएका छन् । सडकमा तुसाराे जमेकाे हुँदा दुर्घटनाको जोखिम बढेकाे छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया