चिसो बढेसँगै सगरमाथा क्षेत्र सुनसान बन्दै

 पुस १, २०८० आइतबार ९:५५:० | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सिजनमा स्वदेशी तथा विदेशी पर्यटहरुले खचाखच हुने सगमारथा क्षेत्र अहिले सुनसान भएकाे छ । चिसो बढेसँगै पर्यटक आवागमन न्यून हुनु तथा स्थानीय बासिन्दाहरू नै चिसो छल्न अन्यन्त्र गएका कारण खुम्बु क्षेत्र सुनसान बनेकाे हाे । पुस, माघमा झन् धेरै चिसो हुनेहुँदा यहाँका स्थानीयहरु जाडो छल्न बेँसी झर्ने गर्दछन् ।

विगतका वर्षको तुलनामा यस वर्ष चिसो अत्यधिक भएपछि यो सिजनमा जिल्लाको पर्यटकीय क्षेत्र खुम्बुलगायतका अन्य क्षेत्रहरू छिट्टै सुनसान भएकाे हाे । यहाँका मानिसहरू चिसो छल्न मंसिर पहिलो हप्तादेखि काठमाण्डाै, भारतको बोधगयालगायत विभिन्न ठाउँ जाने गरेका नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । खुम्बुमा मंसिरदेखि शुरु भएको चिसो करिब फागुनसम्म नै रहने भएकाले चिसो छल्नका लागि उनीहरू जिल्ला बाहिर जाने गरेका छन् ।

खुम्बुका गोरक्सेप, लबुचे, गोक्यो, छुकुङ, जोङ्ला, ठाङ्नाक एवं थामेलगायतका बासिन्दाहरू पर्यटन सिजन सकिनासाथ कात्तिक अन्तिम हप्तातिरदेखि खुम्बु छोडिसकेका छन् भने त्यसभन्दा तलका बस्तीहरू खुम्जुङ, नाम्चे, लुक्लालगायतका स्थानीयहरू मंसिरको पहिलो हप्तातिर बाहिर गएको बताइएको छ । यहाँका बासिन्दा जाडो छल्नका लागि धेरैजसो काठमाण्डाै जाने गरेका छन् ।

स्थानीय फुरी शेर्पाका अनुसार लुक्ला, नाम्चेलगायतका लज सञ्चालकहरूले घरधनी बाहिर जाँदा काम गर्ने मानिसलाई घर जिम्मा लगाएर जाने गरेका छन् भने कतिपयले घरमा ताल्चा नै लगाएर जाने गरेका छन् ।

तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट सिधै काठमाण्डाैसम्म हवाई जहाजको सुविधा भएकाले यस क्षेत्रका प्रायजसाे स्थानीय बासिन्दाको पहिलो रोजाइ काठमाण्डाै भएको स्थानीय दावा शेर्पाले बताउनुभयो । ‍

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया