जलविद्युत् आयोजनालाई उत्तरदायी बनाउन लिखुपिके गाउँपालिकाको आग्रह

 पुस ४, २०८० बुधबार १०:२१:५५ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुको लिखुखोलामा एमभी दुगड ग्रुपले निर्माण गरिरहेको जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्व र वातावरणीय प्रभाव मूल्याङ्कनमा उल्लेख गरेका काम नगरेको भन्दै लिखुपिके गाउँपालिकाले माथिल्लो निकाय गुहारेको छ ।

पटक–पटक ताकेता र पत्राचार गर्दा समेत आयोजनाले उत्तरदायित्व अन्तर्गतका कुनै पनि काम नगरेको भन्दै गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले जिल्ला प्रहरी कार्यालयदेखि गृह मन्त्रालयसम्मको ध्यानाकर्षण गराउनुभएको हो ।

अध्यक्ष बस्नेतले गृहमन्त्री, गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग, जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र रामेछापलाई पत्र लेखेर  आयोजनाको काम तत्काल रोक्का राखी स्रोत प्रयोग गरे बापत सम्झौता अनुसारको उत्तरदायित्व बहन गराइदिन आग्रह गर्नुभएको छ ।

दुगड एमभी ग्रुपले सोलुखुम्बु र रामेछापको सीमा लिखुखोलामा नुम्बुर हिमाल २९ दशमलव ९ मेघावाट, ग्लोबल हाइड्रोपावर ५५ मेघावाट र पान हिमाल ७७ मेगावाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । 

आयोजनाले निर्माणका क्रममा प्रयोग भएका गिट्टी, ढुङ्गा र बालुवाको राजश्व समेत नबुझाएका कारण महालेखा परीक्षकको गएको आर्थिक वर्षको प्रतिवेदनमा गाउँपालिकाका नाममा बेरुजु उल्लेख गरेको अध्यक्ष बस्नेतद्वारा लिखित पत्रमा उल्लेख गरिएको छ ।

पत्रमा आयोजनाका कुनै पनि कामको अनुगमन तथा गुणस्तरमापन राज्यका कुनै पनि निकायबाट नभएको भन्दै त्यसको अधिकार गाउँपालिकालाई दिन पनि अध्यक्ष बस्नेतले माग गर्नुभएको छ ।   
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया