इन्जिनमा खराबी आएपछि कैलास एअरको हेलिकप्टर दुई हप्तादेखि सोलुखुम्बुमा ग्राउण्डेड

 पुस १०, २०८० मंगलबार ११:७:४४ | सुवास दर्नाल
unn.prixa.net

फाइल तस्बिर

सोलुखुम्बु – सोलुखुम्बुको स्याङ्बोचे  विमानस्थलमा  कैलास एअरको एउटा हेलिकप्टर ग्राउण्डेड भएको छ । इन्जिनमा खराबी आएकाले हेलिकप्टर करिब दुई हप्तादेखि ग्राउन्डेड भएको कैलास एअरले जनाएको छ ।

सिलिङ उडानमा रहेको कैलासको नाइन एन–एएमटी हेलिकप्टर स्याङ्बोचे विमानस्थलमा ग्राउण्डेड भएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख उमेशकुमार पन्थीले बताउनु भयाे । 

इन्जिनमा खराबी आएको र त्यसको पार्टपुर्जा नपाएका कारण हेलिकप्टर रोकेर राख्नु परेको जवाफ कम्पनीले दिएकाे प्रमुख पन्थीले बताउनुभयो । हेलिकप्टर खुम्बु क्षेत्रमा खाद्यान्न तथा अन्य सामग्रीहरु ढुवानीका लागि प्रयोग हुँदै आएको छ। 

खुम्बु क्षेत्रमा यतिखेर पर्यटक सिजन नभएकाले प्राय: सुनसान नै बनेको छ । विश्वको सबैभन्दा अग्लो ठाउँमा रहेकाे स्याङ्बोचे विमानस्थलमा लामो समयदेखि हेलिकप्टरहरुले मात्रै उडान भर्दै आएका छन्। यो विमानस्थल समुद्री सतहबाट करिब ३ हजार ७ सय मिटरको उचाइमा रहेकाे छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया