मलामी गएका एक जना सेती नदीमा बगेर बेपत्ता

 जेठ १३, २०७६ सोमबार १३:४५:७ | विमल बिष्ट
unn.prixa.net

फाइल फाेटाे

डोटी – सेती नदीमा नुहाउने क्रममा सोमबार एक जना बगेर बेपत्ता भएका छन् । आदर्श गाउँपालिका-५ लामीखालका ४५ वर्षीय पुष्कर सिंह बेपत्ता भएका हुन् ।  

शिखर नगरपालिका-११ गोघाटमा मलामी गएका उनी सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले बताउनुभयो ।

सेती नदीमा बगेर बेपत्ता भएका सिंहको नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयले खोजी गरिरहेका छन् । 

सेती नदीमा पानीको बहाब बढी भएकोले खोजी कार्यमा समस्या भैरहेको प्रहरीले जनाएको छ । गर्मी मौसम सुरु भएसँगै सेती नदीमा नुहाउन जाँदा धेरै जना बेपत्ता हुने गरेका छन् । 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया