'भारतले नेपाललाई सिक्किम बनाइदिन्छ' भन्ने प्रदीप गिरीको अभिव्यक्तिप्रति परराष्ट्र मन्त्रीको आपत्ति

 भदौ २, २०७६ सोमबार १६:४०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले छिमेकी र बाह्य सम्बन्धका बारेमा हलुका टीकाटिप्पणी नगर्न राजनीतिक दल र नेताहरुलाई आग्रह गर्नु भएको छ ।

केही दिनअघि प्रतिनिधिसभाअन्तर्गतको  अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपाल–भारत सम्बन्धमा आँच पुग्ने गरी एक जना सदस्यले गर्नुभएको टिप्पणीप्रति असहमति जनाउँदै मन्त्री ज्ञवालीले त्यस्तो आग्रह गर्नु भएको हो ।

‘नेपालले कहिल्यै कल्पना नगरेको विषयमा गरिएको टिप्पणी सरकारलाई अस्वीकार्य छ’, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार परराष्ट्र मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा भन्नुभयो । समितिमा बोलिएको भनिएको विषयको सत्यताप्रति आफूलाई सन्देह रहेको पनि उहाँले बताउनुभयो ।

समितिको बैठकमा नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले भारतले सकेको दिन नेपाललाई सिक्किम बनाइदिन्छ भन्ने अभिव्यक्ति दिनु भएको थियो ।

गिरीको अभिव्यक्तिका सन्दर्भमा सञ्चारकर्मीको जिज्ञासा साम्य पार्दै मन्त्री ज्ञवालीले त्यो स्तरको संसद् सदस्यबाट त्यति हलुका टिप्पणी भयो होला भन्ने आफूलाई नलागेको बताउनुभयो ।

फरक प्रसंगमा मन्त्री ज्ञवालीले कश्मीरको विषयलाई नेपालले नजिकबाट नियालिरहेको बताउनुभयो । 

याे पनि पढ्नुहाेस्

 


अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया