नाइजेरियाको एउटा मस्जिदमा भएको आक्रमणमा कम्तीमा ४४ जनाको ज्य...
चैत ९, २०८१ शनिबार
काठमाण्डौ – श्रीकृष्ण जन्माष्टमीको अवसरमा प्रदेश २ सरकारले र गौरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिएका छन् ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एक शुभकामना सन्देशसहित कृष्ण जन्माष्टमी पर्व मनाउन प्रदेश २ मा सार्वजनिक बिदा घोषणा गरेको जानकारी गराउनु भएको हो ।
यस्तै, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गरी ‘गौरा पर्व’ का अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने घोषणा गरेको हो । मन्त्रालयले सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जनसमुदायमा गौरा पर्वका अवसरमा शुभकामनासमेत दिएको छ ।
वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व शुक्रबार देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धापूर्वक मनाइँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।