टेस्ट करियरमा बुमराहकाे ५० विकेट पूरा

 भदौ ७, २०७६ शनिबार २०:४७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय बलर जसप्रित बुमराहले टेस्ट करियरमा ५० विकेट पूरा गरेका छन् ।

वेस्ट इण्डिजविरुद्धको पहिलो टेस्टमा बुमराहले ड्यारेन ब्राभाेलाई आउट गर्दै ५० विकेट पूरा गरेका हुन् । उनले रविचन्द्रन आश्विनलाई पछि पारेका हुन् । उनले सबैभन्दा कम बलमा ५० विकेट पुरा गरेका हुन् । बुमराहले ५० विकेट लिनका लागि २ हजार ४ सय ६५ बल बलिङ गरेका थिए । यो उपलब्धि हासिल गर्नका लागि आश्विनले २ हजार ५ सय ९७ बल बलिङ गरेका थिए ।

यस्तै ११ टेस्टमा ५० विकेट लिने कीर्तिमान बनाउँदा बुमराहले वेंकटेश प्रसाद र मोहम्मद शामीको रेकर्ड पनि तोडेका छन् । यो रेकर्डमा यसअघि वेंकटेश प्रसाद र मोहम्मद शामीले १३ टेस्टमा ५० विकेट लिने रेकर्ड बनाएका थिए । बुमराहालाई वेस्टइण्डिजविरुद्धको एक दिवसीय र टी २० मा भने विश्राम दिइएको थियो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया