अम्बाती रायडूले सन्यास फिर्ता लिने !

 भदौ ८, २०७६ आइतबार ८:३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकप २०१९ को भारतीय टिममा नपरेपछि एकाएक सन्यासको घोषणा गरेका अम्बाती रायडूले फेरि क्रिकेटमा फर्कने सोँच बनाएका छन् ।

अम्बाती रायडूले विश्वकपमा पहिले चार नम्बरको ब्याट्सम्यानको रुपमा खेलाउनका लागि उनी असफल हुने भन्दै विजय शंकरलाई चयन गरेपछि उनी निराश हुँदै सबै क्रिकेटको सबै फरम्याटबाट सन्यासको घोषणा गरेका थिए ।

तर रायडूले फेरि एक पटक क्रिकेटमा फर्कने योजना बनाइरहेको खुलासा गरे । उनले भने ‘म चेन्नाई सुपर किंग्सका लागि आईपीएल खेल्छु ।मेरो सबैभन्दा ठूलो प्राथमिकता भनेको फिटनेश पनि हो ।’ सन्यास फिर्ताको विषयमा उनले यसमा अझै समय रहेको भन्दै यस विषयमा विचार गरिरहेको बताए ।

उनले सबै फरम्याटबाट सन्यास घोषणा पछि पनि आईपीएल खेल्ने तयारी गरेकाले चाँडै सन्यास फिर्ता लिन सक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनले भारतीय चयन समितिसँग असन्तुष्टि रहेको कुराको भने खण्डन गरेका छन् ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया