भरतपुरमा निषेधाज्ञा, ५ जनाभन्दा धेरै जम्मा हुन नपाइने

 भदौ ९, २०७६ सोमबार ७:११:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेको समर्थनमा विरोध प्रदर्शन बढ्दै गएपछि चितवनको भरतपुर महानगरपालिकाका विभिन्न ठाउँमा निषेधाज्ञा लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति निकालेर सोमबार बिहान ६ बजेदेखि अर्को आदेश जारी नभएसम्म निषेधाज्ञा लगाएको हो । प्रशासनले हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा ५ जनाभन्दा धेरै मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा लगाइएको जनाएको छ । 

भरतपुर महानगरपालिका वडा नम्बर १० मा रहेको मुद्दाको अनुसन्धान अभियोजन  र न्यायिक निरुपण गर्ने निकाय रहेका क्षेत्रमा हुलदंगा र अशान्ति हुनसक्ने देखिएकाले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ क बमोजिम निषेधाज्ञा लगाइको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निषेधाज्ञा लगाइएका क्षेत्रहरु

पूर्व :  बाइपास सडकतर्फको आन्तरिक राजस्व चोकदेखि घरेलु कार्यालय चोकसम्म ।

पश्चिम : पूर्वपश्चिम लोकमार्गतर्फको सप्तगण्डकी अस्पताल चोकदेखि चौबीस कोठीसम्म।

उत्तर : बाइपास सडकतर्फको आन्तरिक राजस्व कार्यालयको चोकदेखि भरतपुर अस्पताल पुरानो मेडिकल कलेज जाने चोक ।नारायणी मावि चोककृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम राजमार्गको चौबीसकोठी चोकसम्म ।

दक्षिण : बाइपास सडकतर्फको घरेलु कार्यालयको चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्वपश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकसम्म ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया