भोलिदेखि मौसममा सुधार आउने
चैत ९, २०८१ शनिबार
कपिलवस्तु – भन्सार छली अवैध रुपमा नेपाल भित्र्याइएका खसी बोका प्रहरीले बरामद गरेको छ । कृष्णनगर सीमा क्षेत्र नजिकको गेडुवाजोतबाट प्रहरीले १ लाख ४ हजार मूल्य बराबरको खसी बोका आइतबार बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय गणेशपुरको प्रहरी टोलीले अवैध रुपमा भारतबाट सीमा पार गरी नेपाल ल्याइएको १३ वटा खसी बोका बरामद गरेको हो । बरामद गरिएका खसी बोका प्रहरीले पशु क्वारेन्टाइन कार्यालय कृष्णनगर बुझाएको जनाएको छ ।
ती खसी बोका लिलाम बढाबढ गरी आइतबार नै एक लाख ४ हजार रुपैयाँमा लिलाम गरिएको इलाका प्रहरी कार्यालय गणेशपुरका इन्चार्ज प्रहरी निरीक्षक मधु नेपालले बताउनुभयो ।
खसी बोका ओसार–पसारमा संलग्न रहेका व्यक्तिहरु भने सीमावर्ती भारतीय क्षेत्रतर्फ भागेर गएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।