प्रचण्डको अध्यक्षतामा सुरु भयो नेकपाको सचिवालय बैठक

 भदौ ९, २०७६ सोमबार १३:७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा पहिलो पटक सचिवालय बैठक सुरु भएको छ । 

पार्टी कार्यालय धुम्बाराहीमा बसेको सचिवालय बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल सहभागी हुनुहुन्छ ।  

प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर जानुभएकाले बैठकको अध्यक्षता दाहालले गर्नुभएको हो । पार्टी एकीकरणको १५ महिनापछि दाहालको अध्यक्षतामा बैठक बसेको हो । यसअघि दुवै अध्यक्षको उपस्थितिमा मात्रै बैठक बस्दै आएको थियो । 

सिंंगापुर जानुअघि अध्यक्ष प्रचण्डलाई पार्टी एकीकरणको बाँकी काम सक्ने जिम्मेवारी दिँदै बैठकको अध्यक्षता गर्ने अधिकार पनि सुम्पेर जानुभएको थियो । बैठकमा महानगर अध्यक्ष तथा सचिवका साथै प्रवास कमिटीबारे छलफल हुने तय भएको छ ।   

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया