जीप दुर्घटनामा एक जनाको ज्यान गयो, सात जना घाइते

 असोज १०, २०७६ शुक्रबार ८:७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – सल्यानमा तरकारी बोेकेका जीप बिहीबार राति दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अन्य सात जना घाइते भएका छन् ।

दुर्घटनामा कपुरकोट गाँउपालिका–४ किमिचौरका कर्मि पुनको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी पुनको राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर दाङमा उपचारको क्रममा शुक्रबार बिहान ज्यान गएको हो ।

कपुरकोट गाँउपालिका–४ किमिचौरबाट कपुरकोट आउँदै गरेको लु १ च ४१५३ नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएका सात जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

तरकारी बोकेको जीपमा चालकसहित ९ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार अत्याधिक लोडका कारण जीप दुर्घटनामा परेको हो । चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

अन्तिम अपडेट: चैत ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया