नागढुंगा–नौबिसे सडकखण्डको जाममा परेको गाडीमा बिरामीको ज्यान गयो

 असोज १०, २०७६ शुक्रबार ९:९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नागढुंगा–नौबिसे सडकखण्डको जाममा परेको गाडीमा यात्रुको ज्यान गएको छ ।

जनकपुरबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ५३६४ नम्बरको बसमा रहेका रौतहट गाैर नगरपालिका–७ का ३५ वर्षका रुपलाल साहको जाममा परेका बेलामा शुक्रबार बिहान ज्यान गएको प्रहरीले जनाएको छ । साह मिर्गाैला रोगी भएको  भएको परिवारले बताएका छन् । 

आर्थिक अभावका कारण एम्बुलेन्समा आउन सम्भव नभएपछि रात्रीबसमा नै साहलाई उपचारका लागि काठमाण्डाै ल्याइँदै थियो ।

लामो जामका कारण १२ घण्टासम्म कुर्नु पर्दा बिरामीको उपचार नपाएर ज्यान गएको हो । साहका आमा भाइ र दाजु सँगै गाडीमा आएका थिए । आमासँगै सिटमा बसेका साहको आमाको काखमै ज्यान गएको हो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया