क्यानको विशेष साधारण सभा सुरु: आईसीसीकाे निलम्बन फुकुवा हुने अपेक्षा

 असोज १०, २०७६ शुक्रबार १४:५३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल क्रिकेट संघ क्यानको विशेष साधारणसभा काठमाण्डौमा सुरु भएको छ ।

आईसीसीको निलम्बनपछि पहिलो पटक हुन लागेको साधारण सभाबाट निर्वाचित हुने नयाँ नेतृत्व आएपछि निलम्बन फुकुवा हुने आईसीसीले आश्वासन दिएकाले यो साधारण सभालाई विशेष महत्वका साथ हेरिएको छ ।

क्यानको सधारणसभाको युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गर्नुभएकाे छ । शुक्रबार उद्घाटन र बन्दसत्र सकिनेछ भने शनिबार निर्वाचनको प्रक्रिया अघि बढ्ने छ । नयाँ नेतृत्वका लागि विनयराज पाण्डे र चतुरबहादुर चन्दका बीचमा प्रतिस्पर्धा हुने लगभग निश्चित छ ।

३९ जिल्लाबाट एक एक जना गरी ३९ र प्रदेशबाट २० जना गरी ५९ जना मतदाताले नयाँ नेतृत्व चयन गर्नेछन् । यसअघि भएको निर्वाचनलाई राखेपले मान्यता नदिएपछि आईसीसीले क्यानलाई प्रतिबन्ध लगाएको थियो । त्यतिबेला चन्द निर्वाचित भएका थिए ।

तत्कालीन सदस्यसचिव केशबकुमार विष्टले निर्वाचित क्यानलाई प्रतिबन्ध लगाउँदै अहिले सदस्यसचिव भएर आएका रमेशकुमार सिलवाललाई अध्यक्ष बनाएपछि आईसीसीले राजनीतिक हस्तक्षेप भएको भन्दै नेपाल क्रिकेट संघ क्यानलाई प्रतिबन्ध लगाएको थियो । 

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया