चीनसँगका १४ वटा नाका पुनः सञ्चालन गर्न ७ वर्षअघि नै हस्ताक्षर ...
चैत ७, २०८१ बिहिबार
खोटाङ – कोठा खोजिदिने बहानामा युवतीलाई होटलमा लगेर जबर्जस्ती गर्न खोज्ने जीप चालक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
उदयपुरको कटारीबाट जीप चढेर दिक्तेल आएकी युवतीलाई कोठा खोजिदिने भन्दै होटलमा पुर्याएर जबर्जस्ती गर्न खोजेको उजुरीका आधारमा त्यही जीपका चालकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
युवतीलाई जबर्जस्तीको प्रयास गर्ने चालकको नाम र ठेगाना गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) बामदेव गौतमले बताउनुभयो ।
चालकसँगै युवतीमाथि जबर्जस्तीको प्रयास भएको घटनालाई रकममा मिलाउन खोज्ने दुई भारतीय नागरिक पनि पुर्पक्षका लागि कारागार चलान भएको प्रहरीले जनाएको छ । उनीहरुको पनि नाम खुलाइएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।