चीनसँगका १४ वटा नाका पुनः सञ्चालन गर्न ७ वर्षअघि नै हस्ताक्षर ...
चैत ७, २०८१ बिहिबार
सर्लाही – ईश्वरपुर नगरपालिका– ११ भलुवाईमा जंगली च्याउ खाँदा एकै परिवारका १२ जना बिरामी परेका छन् । आइबार दिउँसो जंगलबाट ल्याएको च्याउ पकार खाएपछि उनीहरु बिरामी परेका हुन् ।
बिरामी पर्नेमा ६० वर्षीय बृजकुमार माझी, उहाँकी श्रीमती ५५ वर्षीया राजकुमारी, छोराहरु ३२ वर्षीय पल्टु, ३१ वर्षीय बिल्टु र बुहारीहरु २८ वर्षीया सविता, २७ वर्षीया अञ्जुदेवी, नातिनीहरु ६ वर्षकी रिन्कु, ५ वर्षकी प्रियंका, ३ वर्षकी मेनुका, नातिहरु ४ वर्षका अविनाश, २ वर्षका विकास र १० वर्षका अमित रहेका छन् ।
आइतबार राति परिवारका सदस्य सबै जनालाई रिङ्गाटा लाग्ने, बान्ता हुने भएपछि अमृत हेल्थ केयर बयलबासमा सामान्य उपचार गरी थप उपचारको लगि जनकपुर पठाइएको छ । बिरामीमध्ये दुवै जना बुहारीको अवस्था गम्भीर रहेको जनाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।