जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै - अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीहरुलाई सम्मान गरेको छ ।
हालै फिफा विश्वकप छनोटअन्तर्गत चाइनिज ताइपेईविरुद्ध जित निकालेको नेपाली टिमका प्रत्येक सदस्यलाई एन्फाले नगद २५ हजारका दरले सम्मान गरेको हो ।
अस्ट्रेलियाविरुद्धको खेल खेल्न जान लागेको नेपाली टोलीको बिदाई समारोहमा यो रकमसहित सम्मान पनि गरिएको हो । यस्तै अन्य प्रतियोगिताका विजेता नेपाली महिला र पुरुष खेलाडीहरुलाई पनि मंगलबार पुरस्कार हस्तान्तरण गरेको छ ।
यस्तै भारतमा हालै भएको साफ यू-१५ च्याम्पियनसिपमा उपविजेता भएको टिमका सदस्यहरुलाई पनि २५ हजारका दरले नगदसहित सम्मान गरिएको छ ।
किर्गिस्तानमा भएको नादेज्दा कप महिला फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली टिमलाई ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।
एन्फा डेमा घोषणा गरिएको उत्कृष्ट जिल्ला फुटबल संघका रुपमा मोरङ जिल्लाले १ लाख रुपैयाँ पुरस्कार पाएको छ भने महिला रेफ्री अस्मिता मानन्धरले स्कूटर प्राप्त गरेकी छिन् । उदीयमान खेलाडीको अवार्ड जितेका अभिषेक रिजालले स्कूटर पाउँदा महिला खेलाडी मन्जली योञ्जनले पनि स्कूटर प्राप्त गरिन् ।
उत्कृष्ट पुरुष रेफ्रीको अवार्ड पाएका लव खत्रीले माेटरसाइकल पाउँदा रोहित चन्द र किरण चेम्जोङले पनि मोटरसाइकल नै पाए ।
यस्तै प्रशिक्षक हरि खड्का र लाइफ टाइम अचिभमेन्ट अवार्ड पाएका भगिरथ आलेलाई पनि एन्फाले मोटरसाइकल हस्तान्तरण गरेको छ । आलेले नगद ३ लाख पनि प्राप्त गरेका छन् ।
खेलाडीहरुलाई एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले पुरस्कार प्रदान गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।